नेपाल पत्रकार महासंघ सम्पूर्ण नेपाली पत्रकारहरुको साझा छाता संगठन हो जसको सात दशक लामो गौरवमय इतिहास छ । देश विदेशमा रहेका नेपाली पत्रकारहरुलाई संगठित गर्दै व्यावसायिक नेतृत्व प्रदान गर्ने र श्रमजिवी पत्रकारहरुको हकहित रक्षा गर्दै सम्पूर्ण सञ्चार क्षेत्रको विकासका लागि काम गर्नु महासंघको मूल ध्येय, लक्ष्य र दायित्व हो । त्यसका लागि महासंघले नीतिगत तथा व्यवहारिक पक्षबाट प्रेस स्वतन्त्रताको प्रतिरक्षा र प्रवर्दन गर्ने, पत्रकारहरुको भौतिक तथा पेशागत सुरक्षा सुनिश्चितताका लागि काम गर्ने, र पत्रकारिता तथा सञ्चार क्षेत्रमा कार्यरत राष्ट्रिय अन्तर्राष्ट्रिय संगठन तथा संघ संस्थासँग सहकार्य गर्दै आएको छ ।

यसका साथै देशमा भएका सबै लोकतान्त्रिक आन्दोलनहरुको एक अंगका रुपमा महासंघ सधैं उभिएको छ । लोकतन्त्रलाई सुदृढ गर्दै देशमा लोकतान्त्रिक संस्कार निर्माण गर्नु र मानव अधिकारको रक्षा गर्नु महासंघको उद्देश्य हो । वि.सं. २०१२ चैत १६ गते गठन भएको नेपाल पत्रकार संघको निरन्तरताका रुपमा महासंघ रहेको छ । वि.सं. २०५३ जेठ २९ मा संघलाई महासंघमा रुपान्तरण गरिएको हो ।

नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समितिले मुलुकमा संघीयता कार्यान्वयन पछि स्थापना भएको संरचना हो । २०७५ सालमा महासंघको पहिलो प्रदेश समिति गठन गरिएको थियो । त्यसपछि २०७७ सालमा भएको अधिवेशनले दोस्रो र २०८१ मंसिर २८ गते सम्पन्न २७ औं महाधिवेशनबाट कर्णाली प्रदेशमा वर्तमान कार्यसमिति निर्वाचित भएके हो । कर्णालीमा महासंघका १० शाखामा ६९३ सदस्यहरु रहेका छन् ।

महासंघको उद्देश्य

महासंघको संगठन

कर्णालीका १० वटै जिल्लाहरुमा महासंघको शाखा छ ।  प्रदेश समिति र परिषद् रहेको छ ।

समावेशीकरण

समावेशीकरणको सिद्धान्तलाई महासंघले धेरै अघिदेखि नै आत्मसात गर्दै अएको छ । पछिल्लो समयमा विभिन्न चरणमा भएका विधान संशोधनमार्फत महासंघले केन्द्रदेखि शाखासम्मका सबै संरचनाहरुमा सबै समुदाय, लिंग र शारीरिक अवस्था भएका पत्रकारहरुको प्रतिनिधित्व सुनिश्चित गर्न निश्चित संख्यामा सिटहरुको व्यवस्था गरेको छ ।

प्रदेश समिति (२१ सदस्यीय)

जिल्ला शाखा

त्यससँगै महासंघले शाखाहरुमार्फत केन्द्रीय परिषदमा प्रतिनिधित्व गर्ने पत्रकारहरुमा दुई जना मध्ये एक जना अनिवार्य महिला हुनुपर्ने व्यवस्था गरी महिलाहरुको प्रतिनिधित्व ५० प्रतिशत पु¥याउने व्यवस्था गरेको छ ।

लोकतान्त्रिक प्रक्रिया